Top donner "Hammamco Trading" Doha Qatar (Manager)Majo Popadi,India Kerala.Qatari Riyal 1000/- or Rs.23000. हमाम्को ट्रेडिङ दोहा कतारका इन्डियन केरला मेनेजर मोजो पोपडीद्वारा कतारी रियाल १००० वा नेपाली रु २३००० बराबरको उच्च सहयोग गर्नु भएको छ । उहालाइ हामी सारा नेपालीको हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।

Saturday, September 24, 2011


Untitled from dasharatha on Vimeo.


सुक्रबारको दिन मंगोल नेशनल अर्गानाइजेशन शाखा दोहा कतारको

डि.बी राइ, दोहा - 
यही सेप्टेम्बर महिनाको १६ तारिख सुक्रबारको दिन मंगोल नेशनल अर्गानाइजेशन शाखा दोहा कतारको अध्यक्ष  श्री सोम राज घले ज्युको अध्यक्षमा दोहाको टेक्सी पार्कमा बसेको बैठकमा बिभिन्न क्षेत्रबाट उपस्थित हुनु भएको मुलबासी मंगोल परिवारका सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम बेलुकीको ३ बजे देखि शुरु भएको थियो।
उक्त कार्यक्रमको सन्चालन समितीका मुलसचिब श्री तेज कुमार श्रेष्ठले औपचारिकरूपमा सम्पूर्ण आगन्तुक मुलबासी दाजु भाई तथा दिदी बहिनिहरुलाई  स्वागत गर्नु भएको थियो। साथै सस्थाका अध्यक्ष श्री सोम राज घले ज्युले प्रबासी मुलबासीहरुको दु:ख कष्टहरुको औचित्य बारे प्रकाश पार्दै प्रदेशमा बसेर पनि हामी मुलबासीहरुको राजनीतिक धर्मिक सस्कृतिक भाषा लिपी साथै हाम्रो लुटिएको हरेक हक अधिकारको बारे महत्वपूर्ण  भूमिका खेल्ने धारणा प्रकट गर्नु भयो।

उहले भन्नु भयो आज बिश्वमा जताततै बुद्धधर्मवलम्बीहरुले महिनौ- महिना प्रथान सभाहरु संचालन गरिरहेका छन र हजारौ हजार बुद्धमार्गिहरु नेपाल बाट श्रिलंका र बुद्धगया पुगेका छन । बुद्धगयामा लाखौ-लाख बौद्धमार्गीहरु पुगेर प्रथना सभाहरुमा भाग लीईरहेका छन भने नेपालमा चाँहि बध्यताबश ल्याऊन र भन्ना लागेको धर्मनिरपेक्ष नाश गरेर हिन्दू राष्ट्रनै राख्ने गम्भिर र गृहयुद्ध निम्ताऊने दुष्टा नीतिमा समास्ता बिदेशि हिन्दु आर्यन बाहुन छेत्रिहरु र तिनिहरुका राजनैतिक दलहरु त्यसका समार्थक हनुमानहरु एकजुट भएर लागेका छन्। कुमाउबाट आए कुमाई बाहुन भए गढवालबाट नेपाल भित्रिए ज्ञवाली बाहुन भए । नेपालमा शाह खलक राजस्थानको चितौडबाट शरणार्थीको रुपमा वर्तमान नेपालमा सन् १४९५ मा भित्रिएका हुन् भने राणाहरु पनि शरणार्थीकै रुपमा सन् १५५९ मा वर्तमान नेपालमा भित्रिए । तिनीहरुसँगै राणाका भरिया-करिया भएर तिनीहरुका कमाराहरु पनि भित्रिए जसलाई हाल जनजाति (nomad, gypsy) भन्ने गरिन्छ । सही अर्थमा जनजातिको देश नै हुँदैन।

मंगोल नेशनल अर्गानाइजेशन ब्यापक  रुपमा नेपालमा पनि लोकप्रियता कमाउदै गाइरहेको छ । वास्तबिक पिडाको आवाजलाई उठाई फुटेर होइन जुटेर जाउ भन्ने भावनाले ओतप्रोत   भएकोले पनि यो समयानुसार सान्धर्भिक छ । पुराना राजनीतिक दलहरुबाट वाक्क बनाइएकोले अब अर्को नयाँ संगठनको खोजिमा नेपाली जनता लागिसके र त्यही भावनालाइ कदर गर्दै   मंगोल नेशनल अर्गानाइजेशन नेपालमा उदाएको छ । बहुसङ्ख्यक मूलबासीहरुको लागि यो छोटो समयमा नै फस्टाउदै जाने क्रममा  प्रवाशीहरुले पनि गहिरो चासो देखाएकाछन।

सो भेलामा हालको राजनीतिक गतिबिधी र मंगोल नेशनल अर्गानाइजेशनको जिम्मेवारी र भूमिकाको बारेमा बिचारहरु राख्ने क्रममा प्रमुख सल्लाहकार अमर सावा लिम्बुबाट  मंगोलको परिचय दिदै राजनीति गर्नेले धर्मनीति छोड्नु हुन्न भनि जोड दिनु भएको थियो । आजको पार्टिहरुमा राजनीति छ तर धर्मको बाटोबाट पथभ्रस्ट भाकाछन भनि प्रस्ट्याउनु भएको थियो । त्यसगरी अर्को सल्लाहकार दिर्घबुर्जा मगरले पनि हामी किन पछाडि परेका छौ त ? यो  बुझ्दा बुझ्दै पनि किन अघी नबढ्ने  भनि जोडदारको साथ लाग्नु  पर्ने र जुट्नुपर्ने बिषयमा सल्लाह  दिनु भएको थियो । र उपस्थित नयाँ सदस्यहरुबाट पनि जिज्ञासा र बिचार रखिएको थियो।

उक्त कार्यक्रमको  अन्त्यमा मंगोल नेशनल अर्गानाइजेशन शाखा दोहा कतारका अध्यक्ष श्री सोम राज घले ज्युले भन्नु भयो। हामीले कुनै पनि कामकार्यहरु पार्टीको बिधान भन्दा बिपरित नगरिदिनु  हुन सबै मुलबासी दाजु भाई तथा दिदी बहिनीहरुलाई जानकारी गर्नु भयो। यसका साथ् साथै सम्पूर्ण प्रबासी मुलबासीहरुलाई दिनदिनै होम्याउनको लागि उपस्थित सदस्यहरुलाई निर्देशान् दिदै उक्त भेल समापन गर्नु भएको थियो।